728x90 AdSpace

  • Latest News

      Facebook

      https://www.facebook.com/pixelstudionepal

      Random Posts

      Recent Posts

      Recent in Sports

      https://pixelstudiomusic.blogspot.com/search/label/SPORTS
      Monday, March 13, 2017

      रातमा निन्द्रा नलाग्ने कारण यस्ता छन्

      धेरैजसो मानिसहरु निन्द्राको समस्याबाट गुज्रिरहेको पाइन्छ । निन्द्रा नलाग्दा भोलीपल्टको दिन पनि खराब हुने धेरैको अनुभव छ । राम्ररी निन्द्रा नपर्दा टाउको भारी हुने र शरीरमा उर्जा कम हुने गर्छ । यसरी पर्याप्त नसुत्दा र कम सुत्ने बानीले विभिन्न रोग निम्त्याउने गर्छ । विज्ञहरुका अनुसार यस्ता कारणले निन्द्रा पर्दैन ।
      कफी सेवन् — रातको समयमा कफी पिउनु निकै हानी कारक मानिन्छ । कफीमा भएको क्याफीनले निन्द्रा लाग्नबाट रोक्छ । कफीले दिमागलाई उत्तेजित बनाउने र राती लामो समयसम्म सक्रिय बनाउने भएकाले सुत्नेबेलमा कफी खाने बानी बन्द गर्नुपर्छ ।
      चम्किलो बत्ती — राती सुत्दा बत्ती बालेर सुत्ने बानी छ भने पनि समयमा निन्द्रा पर्दैन । बत्ती बालेर सुत्दा दिउँसको जस्तो वातावरणा देखिने भएाले बत्ती निभाएर सुत्नु नै राम्रो हुन्छ । बत्ती निभाएर सुत्दा आँखाामा शितलता प्रदान हुने पनि विभिन्न अध्ययले देखाएको छ ।
      सुत्नुअघि मदिरा सेवन् गर्ने — मदिरा पिउनु त्यसै पनि राम्रो बानी होइन । कतिपय मानिसको रातमा निन्द्रा नपर्दा मदिरा सेवन गर्ने बानी हुन्छ । सुत्नेबेलामा मदिरा पिउनाले इन्सोमेनियाको खतरा हुन्छ ।
      खाना र निन्द्रबीचको ग्याप — हामीले खाना खाने गरेको र सुत्ने गरेको समयको ग्याप बढि या घटि भयो भने पनि निन्द्रा लाग्दैन । कम्तीमा पनि डिनर लिने र सुत्ने समयबीच दुई घण्टाको अन्तर हुनु जरुरी छ । खाने बित्तिकै सुत्दा पाचन प्रणालीमा असर गर्छ भने धेरै चाँडो खाना खाएर ढिलो सुत्दा रातमा भोक लागेर निन्द्रा बिग्रन्छ ।
      विवााद र झगडा — यदि तपाई सुत्नेबेलामा कसैसँग झगडा गर्नुहुन्छ भने राम्रो निन्द्रा पर्दैन । तनाव भएको समयमा सुत्दा मुड खराब हुनुको साथै अतिरिक्त शरीरमा हर्मनको सन्तुलन बिग्रन्छ ।
      चर्को गीत संगीत — सुत्नेबेलामा चर्को गीत संगीत सुन्ने गर्नाले सनन्द्रा बिग्रन्छ । यदी कसैको सुत्ने समयमा गीत संगीत सुन्ने बानी नै छ भने सफ्ट म्युजिक सुन्न सकिन्छ ।
      धेरै खाने या खाली पेट सुत्ने — धेरै खानाले र खाली पेट सुत्दा पनि निन्दामा असर पर्छ । कतिपय खानेुकुराले निन्द्रामा  गहिरो असर गर्ने हुनाले दिमागलाई शान्त र आनन्द दिने खानेकुरा खाने गर्नुपर्छ ।
      • Blogger Comments
      • Facebook Comments

      0 comments:

      Post a Comment

      Item Reviewed: रातमा निन्द्रा नलाग्ने कारण यस्ता छन् Rating: 5 Reviewed By: Unknown